धादिङमा तमाङ

धादिङ जिल्लाको ५० वटा गाउ बिकास समीती मध्ये क्षेत्र न १ र ३ मा बीशेस गरि तमाङहरुको यूगौ देखीको बाक्लो बस्ती रहेको छ । बीशेस गरि नेपालको पस्चिमी तमाङ भनेर चिनीने नुवाकोट ,रसुवा र धादिङका तमाङहरुले अन्य क्षेत्रका तमाङ समुदय भन्दा अलीकती प्रिथक इतीहास , भाषा , धम्म ,सस्क्रिती ,भेसभुसा तथा रीतीरीवाज ले सु सम्पन छ । धदिङ जिल्लामा अहीले सम्म सरकारी आकडा लाइ हेर्दा गुरुङ , मगर , चेपङ लगाएतका अन्य आदिवासी जनजाती को सङख्या बढी भयता पनि त्यती बेला भारती सैनिकमा नोकरी गर्नको लागि धेरै तमाङहरु जात परिवर्तन गरि गुरुङ तथा लामा लेखेकोले तमाङ जतिको सहि तथ्याङक आउन सकेको छैन । धादिङ जिल्लामा रहेको गणेश हिमाल (लप्सङ्कर्पो ),सीङ्ला , लापा गाबीस को चुरुम र रीयुम मा रहेको रुबी क्वार्जाहरु, सेम्जोङमा रहेको ढप्सङजोमा रहेको तमाङहरुको वाइव राजाको दरबार , वाका राहा , आदी पर्यटकलाइ मन्त्र मुग्ध पार्न सक्ने स्थलहरु हुन ।

नबोलेनी मैले हेर्दा


नबोलेनी मैले हेर्दा तिमी लजाइदीए पुग्छ
बिपनिमा नभएनी सपनीमा आइदीए पुग्छ।
मेरा हरेक स्वप्निलमा तिमी नयनपथ भई
यो दिलबिचको प्रेमनगरीमा धाइदिए पुग्छ ।

समर्पन छ मेरो जीवन केबल तिम्रो लागि
मेरो नामलाई दिलकोमाझ लुकाइदिय पग्छ ।
खुशीयाली तिम्रो जीवन बितोस उमङगमा
झिनो मेरो खुशीको साथ रमाइदिय पुग्छ ।

सक्छौत सम्हालीदेउ राख्ननु सदा मनमा
सक्दिनौ त जिवनभरलाई रुवाइदिय पुग्छ ।
म्रेत्युपछी पनि भगवानलाई माग्नेछु तिमी
चीतासमिप आइ अश्रुधारा बगाइदिय पुग्छ ।

नबोलेनी मैले हेर्दा तिमी लजाइदीए पुग्छ
बिपनिमा नभएनी सपनीमा आइदीए पुग्छ।



सपनिमा तिमी

सपनिमा तिमी नआएको भए
एक रात आनन्दले
सुत्थे शायद
बिच्मै तिमी आयो
रातभर बेचेनी भो ।

पर्खनुको पनि त सिमा होला
तै पनी तिमीलाई
पर्खनुको सिमा
किन लम्बिदै लान्छ
कुन्नी ?

शायद फेरी
वर्सायामको वा शिसिरको
मौसममा तिमी र म
भिज्ने वा
दिन आए ।

नहुँदा नहुनुको पीडा
भएपछी समाल्नुपर्नेको पीडा
छोड्नुपर्यो बिछोडको पीडा
ए हो
पीडा मुक्त हुन्छ र ? जीवन ?!

जय पैसा ! जय पैसा ! जय पैसा !

यता जाउ पैसा, ऊता जाउ पैसा, खादा पैसा ,जादा पैसा ,किन्दा पैसा ,हिड्दा पैसा यो त आचम्मको कुरा रहेछ।पैसा भनेपछी महादेवको पनि तीन नेत्र हुन्छ रे। अरु नसुने पनि पैसा भनेपछि कान नसुन्ने बहिराले पनि सुन्छरे ।
पैसा भनेपछि रातभरी मुटु पोल्छ , लाटो मान्छे पनि बोल्छ । पैसा देखाउनुस् मान्छेले जस्तो पोल पनि खोल्छ । पैसाले मान्छे नी किन्छ, पैसाले मान्छेले मान्छेको घाटी छिन्छ ।
पैसा भए इज्जत नभए बेइजत , धेरै पैसा हुने पेलेनमा उडछन, थोरै हुने गाडीमा गुडछन, नहुने खुटैले हिड्छन ।
धनीका छोराछोरी लाई त ? बाउसंग पैसा माग्यो पाइहाल्यो, मिठोमिठो खायो, राम्रो कपडा लायो, ट्याक्सिमा घुम्यो घर आयो ।
धनी मान्छे त दिनदिनै पार्टी , सेनिनार गएकै छ सुटबुट कसी राम्रो पनि भएकै छ पैसा भए पछी कालो मान्छे पनि सेतो हुने , बुढो मान्छे पनि केटो हुने , जति बिहे गरे पनि हुने । पैसा भएपछी आइमाइ पनि चिटिक्क, कसैले भनेको मान्दैन्न फिटिक्क, गरीबलाई काममा घोटायो, आफ्नो काम छैन - खायो, मोटायो, ठुलाठुला हात खुट्टा बनायो, दिनभरीको रिस त्यहि गरीबलाई पोख्यो । पैसा भय पछी मुटु कलेजो फेरे नी हुने, घरैमा भिडियो क्यामेरा खिचेर आन्द्राभुडि हेरे नी हुने , पैसा भए जो पनि पछिपछी आउने, बिरामी भए घरैमा डाक्टर धाउने, उतीखेरै जचाउने , मर्न लागेको मान्छे पनि बचाउने।
पैसा लाई अर्को भाषा मा भन्छन- गाठ, गाठ भएपछी आइहाल्छ आट। पैसा लाई ठिटाठिटि भन्छन - दस्ती ,दस्ती भएपछी क्या मस्ती । यो जमानामा पैसै ठुलो भयो, पैसा सकिएपछी हात खुट्टा लुलो भयो। गरीबलाई दिनभरी रुपैयाले टोक्छ, रातभरी उपियाले टोक्छ, सबैभन्दा ठुलो पैसा छ के गर्नु , त्यहि पैसाले गर्छ जे गर्नु।
जय पैसा ! जय पैसा ! जय पैसा !!!!!!!!!